प्रतियोगितामा प्रतिष्पर्धा गर्दे हरियो जर्सिमा गोर्खा व्याईज र निलो जर्सिमा मदन भण्डारी स्पोर्टर््स एकेडेमीका खेलाडीहरु । तस्वीर कृष्ण खनाल/बुटवल
– कृष्ण खनाल
बुटवल १८ कार्तिक – गार्खा ब्वाइज क्लव बुटवलले प्रथम मदन भण्डारी गोल्डकप फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टर््स एकेडेमी निलो लाई २-० गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले दोस्रो चरणको यात्रा तय गर्न सफल भएको हो ।
गोर्खाका लागि पहिलो गोल जर्सर्ीीं ११ का आशोक गुरुङले खेलको १७ औ मिनेटमा गरे । प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उनले कर्नरबाट आएको पासलाई जाली चुमाए ।
त्यस्तै दोस्रो हाफको पहिलो मिनेटमा गणेश खड्काले दोस्रो गोल गर्दा टिमको जित निश्चित बनेको थियो । प्रतियोगितामा शनिवार रुपन्देहीको लिग विजेता सौभाग्य क्लव र डिएमसी तुल्सीपुर विच खेल हुने खेल सयोजक नन्दु काउछा मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख ६५ हजार पाउनेछन भने उपविजेताले एक लाख नगद पाउनेछन । प्रतियोगीतको उद्घाटन नेकपा एमाले उपाध्यक्ष तथा पर्ुव मन्त्री विद्यादेवि भण्डारीले गरेकी हुन।