– कृष्ण खनाल
बुटवल १८ कार्तिक । गार्खा ब्वाइज क्लव बुटवलले प्रथम मदन भण्डारी गोल्डकप फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोट्स्र एकेडेमी निलो लाई २-० गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले दोस्रो चरणको यात्रा तय गर्न सफल भएको हो ।
गोर्खाका लागि पहिलो गोल जसर्ी नं ११ का आशोक गुरुङले खेलको १७ औ मिनेटमा गरे । प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उनले कर्नरबाट आएको पासलाई जाली चुमाए । त्यस्तै दोस्रो हाफको पहिलो मिनेटमा गणेश खड्काले दोस्रो गोल गर्दा टिमको जित निश्चित बनेको थियो ।
प्रतियोगितामा शनिवार रुपन्देहीको लिग विजेता सौभाग्य क्लव र डिएमसी तुल्सीपुर विच खेल हुने खेल सयोजक नन्दु काउछा मगरले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख ६५ हजार पाउनेछन भने उपविजेताले एक लाख नगद पाउनेछन । प्रतियोगीतको उद्घाटन नेकपा एमाले उपाध्यक्ष तथा पुर्व मन्त्री विद्यादेवि भण्डारीले गरेकी हुन ।