– कृष्ण खनाल
बुटवल २३ कात्तिक । पुरातात्वीक विभागको उच्च स्तरीय टोलीले गौतम बुद्धको मावलीको रुपमा परिचित भवानीपुरको अबलोकन गरेका छ ।
रुपन्देहीको केरवानी गाविस वर्ड नः७ भवानीपुरमा रहेका गौतम बुद्ध सम्बन्धीत बुद्धकालीन संरचनाहरु अतिक्रमणमा परेको भन्ने कुरा सार्वजानीक भएपछि विभागका महानिर्देशक विष्णुराज कार्की नेतृत्वको टोली यहा आईपुगेको हो ।
बुद्धकालिन सम्बन्धी प्राचिन संरचनाहरु संरक्षण गर्ने क्रममा स्थानीय स्तरबाट पुरातात्वीक दृष्टीकोणले प्रयोग गर्न नमिल्ने आधुनिक शैलीका टायल लगाएतका सामगी्रहरु प्रयोग गरिएको र त्यस क्षेत्रमा रहेको जग्गा अतिक्रमणको चपेटामा परेको भनि विभागमा उजुरी परेपछी विभागले यस अघिनै उक्त कार्य रोक्का गरेको थियो ।
स्थानिय महामाया उच्च मा।वि।sाे विकासका लागी भन्दै स्थानिय बासिन्दाहरुले जग्गा विकि्र गर्ने गरेको कारण पर्यटकीय महत्वको उक्त क्षेत्र अतिक्रमणको चपेटामा परेको र उक्त पुरात्वत्तिक महत्वको उक्त स्थान पुरातात्वीकविभागको स्कीकृत विना संरचना निर्माण गरेको भनी मक्रहर केरवानी देवदह क्षेत्र विकास समिती नामको संस्थाले विभागमा जानकारी दिएपछी स्थानीय बासिन्दाहरु र उक्त संस्था विच विवाद उत्पन्न भएको थियो ।
अवलोकन पश्चात महानिर्देशक कार्कीले पुरातात्वीक महत्वका संरचनाहरुको संरक्षण गर्ने दायित्व स्थानीय बासिन्दाको भएको भन्दै थप संरचना निर्माण कार्य अगाडी नबढाउने निर्देशन दिदै आवश्यक परे विभागको स्वकृती लिनु पर्ने कुरामा जोड दिए ।
अवलोकनमा लुम्बिनी विकास कोषका सदश्य सचिव राजेन्द्र थापा मगर प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापा लगाएतको सहभागिता रहेको थियो ।