काठमाडौं, – साना शौचालय, लामो र झन्जट लाग्दो लाइन, एकदमै ठीस कर्मचारी । अनि समग्रमा नराम्रो व्यवस्थापन र पूर्वाधार भएका विश्वको घृणित विमानस्थलको सूचिमा नेपाल आठौ स्थानमा परेको छ ।
अमेरीकी समाचार संस्था सिएनएनको यात्रासम्बधी वेब साइट सिएनएनगोले तयार पारेको एक समाचार रिपोर्ट अनुसार, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलभन्दा घृणीत विमानस्थल त विश्वमा ७ मात्र छन् ।



