अष्टे्लिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्टमा धेरै कीर्तिमान

टाउन, २५ कात्तिक अष्टे्लिया र दक्षिण अफ्रिकाबीच जारी पहिलो टेष्ट क्रिकेट निकै रोमाञ्चक भएको छ । केप टाउनमा जारी खेलको दोस्रो दिनमा यस मैदानमा धेरै कीर्तिमानहरु बनेका छन् ।

पहिलो टेस्टको दोस्रो दिनमै कुल २३ विकेट झरेको छ भने १ सय ९ वर्षपछि अष्टे्लियाले टेष्ट क्रिकेटमा सबैभन्दा सानो योगफल बनाएको छ । केप टाउनमा जारी खेलको पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गरेको पाहुना टोलीले २ सय ८४ रन बनाएकोमा दोस्रो इनिङमा ४७ रनमा समेटिन पुग्यो । यसअघि घरेलु टोली दक्षिण अफ्रिकाले पनि खराब प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङमा ९६ रन बनायो । दक्षिण अफ्रिकालाई सस्तैमा समेटने क्रममा आक्रमक बलिङ गरेका बलरद्धय सेन वाटसनले ५ तथा रायन र्यारिसले ४ विकेट हात पारे । यसैगरी अष्टे्रलियालाई दोस्रो इनिङमा ४७ रनमा समेट्न दक्षिण अप्रिmकाका भर्न् फिलान्डरले ५ विकेट लिंदा मर्न मर्कलले ३ तथा डेल स्टेनले २ विकेट हात पारे ।
 
अष्टे्रलियाको यो सर्वाधिक न्युनतम स्कोर हो । यसअघि न्युजिल्यान्डले सन् १९५४(५५ मा इंग्ल्यान्डविरुद्ध २६ रनमा अल आउट हुँदा टेष्ट क्रिकेटको इतिहासमै न्युनतम स्कोरको नयाँ कीर्तिमान बनेको थियो । बलर हाबी भएको खेलमा टेष्ट क्रिकेटको इतिहासमा तेस्रो पटक दोस्रो दिनमै चारवटै इनिङ खेलिएको टेष्टमा अन्ततः दक्षिण अफ्रिकाले २ सय ३६ रनको लक्ष्य पाएको छ । दोस्रो दिनको समाप्तीसम्म १ विकेटको नोक्सानीमा घरेलु टोलीले ८१ रन बनायो । रोमाञ्चक खेलको तेस्रो दिनमा दक्षिण अफ्रिकाका लागि ग्राम स्मिथ र हासिम आमलाले खेल अघि बढाउने छन् ।