चुनढुंगा उत्खनन बन्द


 

– वीरेन्द्र केसी


नरपानी, अर्घाखाँची – पटक पटक विवादित बन्दै आएको  नरपानी स्थित नर्तनााचल पहाडको चुनढुंगा उत्खनन कार्य  अनिश्चितकालका लागि बन्द भएको छ ।


कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै नरपानी-७ का स्थानीय वासिन्दाले आईतवार देखी उत्खनन बन्द गराएपनि हालसम्म दुवै पक्षबीच वार्ता हुन सकेको छैन । सर्वसाधारणले दिनँहु उत्खनन कार्य अगाडी धर्नामा बसेर आन्दोलन गरिरहेका छन । कम्पनीले खानेपानीको व्यवस्था नरपानी बजार नजिकै पोखरी निर्माण जिल्लामै उद्योग स्थापना गर्नुपर्ने एक घर एक रोजगार उत्खनन कार्य नजिकै बसोबास गर्ने सर्वसाधारणलाई उचित व्यवस्था लगायत कार्य तत्काल गर्ने भनि सम्झौता भएपनि कार्यन्यवन नगरेको भन्दै सर्वसाधारण आन्दोलित भएका हुन । उत्खनन गरेको एक वर्ष भित्रमा गर्ने भनिएपनि ५ वर्ष वितिसक्दासमेत कुनै चासो नदेखाएको भन्दै उत्खनन कार्य गर्न नदिएका हुन ।

 

नरपानीमा डाईनेष्टिक कम्पनीले ६ वर्ष देखि चुनढुगा उत्खनन गरी कपिलवस्तुको विरपुर मार्फत भारत लैजाने गर्दै आएको छ । सर्वसाधारणले विरोध गरेपछि कम्पनी आफैले उत्खनन कार्यलाई रोकेको छ । यो सहित ६ वर्षको अवधिमा ६ पटक उत्खनन बन्द हुदै आएको छ । ४० वर्षसम्म चुनढुंगा उत्खनन गर्न सकिने विज्ञहरुको तथ्याकंमा उल्लेख भएपनि कम्पनीले १५ वर्षको लागि सरकारबाट अनुमती पाएको छ । पर्यटकीय स्थलको रुपमा रहेको नरपानीको पहाडलाई शुरुकै वर्षमा चुनढुंगा उत्खनन नगरी पहाड संरक्षण गरिनुपर्ने आवाज उठेर पटक पटक आन्दोलन हुदै आएपनि तुहिदै आएका छन । 

 
उत्खनन कार्यको धुलो र खानेपानी सुकेपछि नरपानी पाली सितापुर लगायत गाउँका ५० हजार भन्दा बढी जनसंख्या विस्थापित हुने भन्दै सधैका लागि बन्द गर्नुपर्ने भन्दै विरोध हुदै आएको छ नरपानी पहाड बचाउ आन्दोलनका संयोजक पदम केसीले बताए । उत्खननको कार्यलाई सरकारको तर्फबाट खारेज गर्नुपर्ने उनले बताए । उत्खनन गर्दा गाउँका १५ हजार जनसख्याले खादै आएको खानेपानी उत्खननकै कारणले मुहान सुकेकाले बन्द गर्नुपरेको उनले बताए ।

 

चार दिनदेखी उत्खनन कार्य बन्द भएपछि उत्खननमा दैनिक २ लाख र सिमेन्ट उद्योगमा ११ लाख रुपैया घाटा भएको कम्पनीका निर्देशक एवं ओम राई कन्टक्सनका सञ्चालन होमनाथ गौतमले बताए । उनले सर्वसाधारणले आकस्मात उत्खनन कार्य बन्द गराएको बताए । उनले ६ वर्षसम्म उत्खनन गरिरहदा हरेक पटक विकास निर्माणको नाममा व्यक्तिगत फाईदा र कसैलाई जागिर खुवाउनको लागि आन्दोलन हुदै आएको आरोप लगाए । नरपानी बचाउ आन्दोलन हरेक व्यक्तिले विकासका नारा र पहाड संरक्षणको नाममा बन्द गराएर हैरानी बनाएका छन उनले भने हालसम्म व्यक्तिपिच्छे आन्दोलन गर्दै आएका नेतृत्वकर्तासँगको सम्झौता अन्त्यमा जागिर लगाउने या आर्थिक फाईदा लिने बाहेक अरु केही भएन । विकासका नारा देखाउने दात मात्रै हुनु उृनले भने कसलाई पैसा जागिर या अरु के चाहिएको छ बुझनुपर्ला ।


उत्खनन शुरुको वर्षदिन नपुग्दै बार यशोसियशनका अध्यक्ष केवी भुसाल संयोजक रहेको जिल्ला स्थित सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकार सर्वसाधारण लगायत सम्मिलित गठित नरपानी बचाउ संघर्ष समितिले पनि सम्झौता अनुसार काम गर्नुपर्ने जिल्लावासीलाई ५० प्रतिशत सिमेन्ट छुट दिनुपर्ने जस्ता माग सहित एक महिनासम्म सञ्चालन भएको बृहत आन्दोलन पनि  काठमाण्डौमा आन्दोलनका नेतृत्वकर्ताहरु कम्पनीका सञ्चालनहरुसगँको गोप्य बसाईपछि विना उपलब्धी तुहिएको थियो । डाईनेष्टिक र सरकारबीच २०५५ सालमा सम्झौता भएर २०६२ सालबाट कम्पनीले उत्खननको काम शुरु गर्दै आएको थियो ।


स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले ज्ञापन पत्र आएको बताउँदै सबै राजनीतिक दलको सर्वदलिय बैठक बसेर छलफल गरेर निर्णय गरिने बताए ।

 




Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु