पर्वत – प्रहरीले शनिबार बिहान पर्वतको माझफाँट गाविस-९ बाट गोरु काटेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
गोरु काटेर भाग लगाएको भन्दै बारीबेनिस्थित अस्थायी प्रहरी चौकीमा गाउँलेले सूचना दिएपछि घट्नास्थल पुगेको प्रहरीले डिलबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
गोरु काट्ने कार्यमा संलग्न अन्य फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको र घट्नाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



