१२ औं दक्षिण एसियाली खेलकुद साग भारतमा नहुने

भारतमा हुने भनिएको १२ औं दक्षिण एसियाली खेलकुद साग समयमै नहुने भएको छ । सन् २०१० मा बंगलादेशमा भएको ११ औं सागमा १२ औं साग भारतको नयाँ दिल्लीमा गर्ने निर्णय भएको थियो । तर भारतले आगामी तीन महिनासम्ममा प्रतियोगिता गर्न नसक्ने जनाएको हो ।


आधिकारिक घोषणा भइनसके पनि भारतीय ओलम्पिक कमिटिका कार्यबाहक अध्यक्ष विजयकुमार मल्होत्राले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धुव्रबहादुर प्रधानलाई खेल सार्नेबारे जानकारी गराएका छन् । प्रधानले कार्यबाहक अध्यक्षबाट खेल सार्ने बारेमा टेलिफोन वार्ता भए पनि औपचारिकताका लागि छिट्टै बैठक डाक्ने जनाएको बताएका छन् । भारतले लण्डन ओलम्पिकको तयारीका लागि समय नपुग्ने भन्दै सागको तिथि सार्ने जनाएको छ ।