दुबईको सिन्धी हलमा धार्मिक प्रबचन सम्पन्न

– जगत आचार्य

हाल  दुबई युएई

 

सयक्त अरब एमिरेट्स  बर दुबईको मिना बजार  स्थित सिन्धी सेरेमोनिअल  सेन्टरमा (सिन्धी हाल )  हिजो ११ नोवेम्बेर २०११ शुक्रबारको दिन बिहान १० बजेदेखि सुरु भएको धार्मिक प्रबचनमा कृष्ण र रामको गुनगान गाउदै   दिनको १.३०  समाप्त भएको  थियो । 

 

उक्त कार्यक्रमको संचालन नेपाली धार्मिक व्यक्तिहरु बाट गरिएको थियो त्यहाँ   नन्द महाराजले अंग्रेजी भाषामा भगवान कृष्ण र रामको बारेमा  प्रबचन गर्नु भएको थियो भने  पुर्ब  इलहबद्को प्रतिनितिब गरेका र हाल रसियामा बस्दै आउनु भएका नेपाली ब्रमचारी श्री प्रति दासले हिन्दी भाषामा धाराप्रबाह रुपमा भगवान श्रीकृष्ण र रामको बर्णन गर्दै सबैलाई उहाहरुको मार्ग  लगायत गुरु भक्तिको महत्ब बारे चर्चा गर्नु भएको थियो ।  त्यसरी अबिबाहित नारीहरुले राम्रो पति पाउन काग्तायानी ब्रतलाई ध्यान दिन “काग्तायानी महामाही, महयोगिंह आइसोरी ,नन्दगो प्रसुन्ना देबी ……….. नम ” भन्ने मन्त्र जप्न उल्लेख गरिएको थियो ।

हरे कृष्ण हरे कृष्ण , कृष्ण कृष्ण हरे हरे !


हरे राम हरे राम,  राम राम हरे हरे !!


यसरि भजन गाउदै  नाच्दै  सयौ संख्यामा रहेका महिला र पुरुषले एकै आवाजमा कृष्ण राम लाई पुकारेको देख्दा लाग्थ्यो अब यो मुस्लिम देशमा पनि हिन्दु धर्माबलम्बी र कृष्ण  रामका  भक्तहरु  धेरै बढ्दै गयेको अनुभूति  हुन्थ्यो।  उक्त कार्यक्रममा लगभग २०० नेपालीहरु र ६०० संख्या भारतीयहरुको उपस्थिति थियो भने करिब ३०० को संख्यामा महिला समुदायको उपस्थिति थियो ।

 

सो कार्यक्रममा सम्पूर्ण आगन्तुकहरुको  लागि प्रसाद स्वरूप  जय कृष्ण प्रसादी भन्दै बिरयानी,  मटर पनिर् र मिठाई बाडिएको थियो । त्यस  पछाडी जबल अलि को हलमा दिनको ४.३० देखि राती १० बजे  सम्म अन्य कार्यक्रमहरु भएको जानकारी  ओखेल्धुन्गा घर भई हल दुबईमा कार्यरत धार्मिक ब्यक्तित्बा श्री चन्द्र  बुदठोकीले  दिए भने हरेक सुक्रबार उक्त सिंधी हलमा धार्मिक कार्यक्रम हुने र आगामी शुक्रबारदेखी नेपालीहरुको मात्रै  मिलि गीता पाठ गर्ने कुरा जानकारी गराएका छन् ।

गतवर्ष पनि यसरि नै बर दुबईको अरब उड़पी होटेलमा नेपाली समाज सेवी चन्द्र प्रसाद सापकोटा समेतको उपस्थितिमा  यसरि नै  ”हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ” भन्दै  सम्पन्न भएको  थियो ।