केन्द्रिय सहकारी संघले आगामी ५ वर्षमा नेपालका १ करोडभन्दा बढि मानिसलाई सहकारीमा आवद्ध गराउन लागेको दाबी गरेको छ । धादिङस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न १५ औं साधारण सभाको उद्घाटन गदै केन्द्रिय सहकारी संघका अध्यक्ष केशव बडालले उक्त दाबी गर्नुभएको हो ।
सहकारी क्षेत्रलाई राज्यले अर्थतन्त्रको मुख्य खम्बाको रुपमा अंगिकार गरेकाले सहकारी क्षेत्र उत्साहित भएको पनि उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य सहकारी केन्द्रिय संघका अध्यक्ष राजेन्द्र पाण्डेले देशभरका सहकारी संस्थाहरुमा ३० लाखभन्दा बढि मानिसहरु संगठित भएको र ५० अर्वभन्दा बढि पुँजि लगानी भएको बताउनु भयो ।
संस्थाका अध्यक्ष देवप्रसाद त्रिपाठीले १५ वर्ष अघि ३० जना सदस्यबाट शुरुभएकोसंस्थामा अहिले ३२ सय बढी शेयर सदस्य रहेको बताउनुभयो । कुल शेयर पुँजी १ करोड ९९ लाख रहेको संस्थाले गत आर्थिक वर्षमा ११ करोड रुपैयाँको कारोबार गरेको पनि बताइएको छ ।



