
हावापानी फरक भएका कारण धेरैजसो रुघा, खोकी, ज्वरो, छाती, दमलगायतका समस्याबाट ग्रसित बनेका छन् । केही हजयात्रीको यहाँस्थित नुर अस्पतालमा उपचार भईरहेको छ भने सामान्य विरामी हज समितिबाट आएको चिकित्सक टोलीको निगरानीमा छन् ।
कपिलवस्तुबाट हजमा आएका चमेश्वर मुसलमान र सिरहाबाट हजमा आएका फैजुर रहमानको स्थिती गम्भीर छ । रहमान अचानक बेहोस् भएपछि उनलाई नुर अस्पताल लगिएको थियो ।
उनीहरुको आईसियुमा राखेर उपचार भईरहेको नेपाली हजयात्रीसंगै उपचारका लागि आएका चिकित्सक मोहम्मद मुदस्सिर आलमले बताए ।



