रंगभेद बारे टिप्पणी दिएका फिफा अध्यक्ष सेप ब्लाटरले निसन्देह राजीनामा दिनुपर्ने व्यवसायीक फुटबलरहरुको संघका प्रमुख गोर्डन टेलरले बताएका छन् ।
ब्लाटरका अनुसार खेलाडीमाथि मैदानमा रंगभेद टिप्पणी भए खेल सकिएपछि खेलाडीले हात मिलाएर त्यसको अन्त्य गर्नु पर्ने बताएका थिए ।
यता, यसअघि ब्लाटरले महिला फुटबलरहरु र समलिङगीहरु बारे दिएको बक्तव्य पनि गलत रहेको ठहर टेलरले गरेका छन् ।
इङलिस प्रिमियर लिगका खेलाडीद्धय जोन टेरी र लुईस स्वारेजबिरुद्ध रंगभेदको आरोप लागेको अवस्थामा ब्लाटरले यस्तो प्रतिक्रिया दिनु आपत्ती जनक रहेको टेलरको ठम्याइ छ ।