बाग्लुङ सेवा समाज यूएईको खेलकुद इकाइ समिती गठन

– उमाकान्त पाण्डे “गाउंले”





नोभेम्बर १९ दुबइ – यूएईमा रही भिभिन्न पेशामा आबद्द बाग्लुङगेलीहरुको साझा सस्था बाग्लुङ सेवा समाज यूएईले आफ्नो खेलकुद इकाइ समिती निर्माण गरेको छ । 



नेपालको रास्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा खेलाडी उत्पादनको उर्बर जिल्लाको रुपमा चिनिने बाग्लुङगेलीहरु प्रवासमा पनि उत्तिकै जोस् र जागरका साथ नेपाली खेल जगतलाई जीवन्त दिने सोचमा खेलकुद इकाइ समिती गठन गरेका हुन । 



गत २ महिना अघी मात्र गठन भएको बाग्लुङ सेवा समाज यूएईको मातहतमा रहने गरी दुबइको अल्कुजमा इकाइ समिती गठन गरिएको हो । 



गत शुक्रबार यूएईको दुबइ अलकुजमा रहेको मजदुर क्याम्पमै पुगेर समाजले इकाइ समिती गठन गरेको हो । 



समाजका वरीस्ठ सल्लाहकार मानबाहदुर थापा र केन्द्रिय समितिका सचिव केदार सिहं नेपाली तथा कोषाध्यक्ष पिताम्बर पाण्डेको उपस्थितीमा गठित खेलकुद इकाइ समितीको अध्यक्षमा देवबहादुर थापा, सचिव किरण थापा मगर , सह-सचिव बिनोद खडका, कोषाध्यक्ष नबिन छन्त्याल , रहेका छन भने सदस्यहरुमा यम बहादुर घर्तीमगर, थम्मन कार्की, डम्मर बिके, उपेन्द्र बिके, गंगा सिरिश र किरण खडका रहेका छन।



समितिको सल्लाहकारमा तुल बहादुर पुन र झलक सिरिश रहेको समितीले जनाएको छ।