४ मंसिर, काठमाडौं । स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले तीन अंकको अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई ३/२ ले पराजित गरेको छ ।
यस्तै डिफेण्डिङ च्याम्पियन बार्सिलानाले रियल जारागोजालाई ४(० गोल अन्तरले पराजित गरेको छ भने भिल्लारियलले रियल बाटिसलाई १(० ले पाखा लगाएको छ ।
जितपछि रियल म्याड्रिड १२ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट २८ अंक जोडेको बार्सिलाना दोश्रो स्थानमा छ । यस्तै तेस्रो स्थानमा रहेको भ्यालेन्सिला २४ अंक छ ।