यूएई डेस्क-सहयोगी,काठमाण्डौ-आफ्नो फोनमा प्राय कम्युटरले गरेजस्तै काम गर्न चाहने तथा लोकप्रीय अनलाइन सामाजिक सञ्जाल चलाउने सूचना प्रबिधीप्रेमीहरुका लागि फेरी एउटा खुशीको खबर, फेसबुकले पनि फोन ल्याँउदैछ । आइफोन ४एसको अहिलेसम्म सर्वाधिक रुचाईको स्मार्टफोन हो जसलाई एप्पलले केही महिना अगाडि सार्वजनिक गरेको थियो ।
फेसबुकले ल्याउन लागेको फोनको नाम बफी हुनेछ । फेसबुकले ताइबानको फोन उत्पादक एचटिसीसँग मिलेर स्मार्टफोन बजारमा ल्याउन लागेको हो । अलथिङस डिजीटल नामक वेवसाइटका अनुसार आइफोन, माइक्रोसफ्ट, गुगलपछि फेसबुक पनि स्मार्टफोनको दुनियाँमा दह्रो धक्का दिन आउन लागेको हो ।
तर फेसबुक फोन कहिलेसम्म आउँछ भन्नेकुरामा भने फेसबुकले औपचारिक रुपमा जानकारी दिएको छैन ।



