काठमाण्डौं मंसिर ७ गते । द हिमालयनचेस क्लबद्धारा आयोजित प्रथम राष्ट्रिय एमेच्योर चेस टुर्नामेन्टको आज दोश्रो रतेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा तीनै खेलहरुमा जीत हासिल गरी ललितपुरकासुदिप बज्राचार्य सजिन महर्जन हेटौडा चेस क्लबका धरमबहादुर लामा र लायन्स क्लब अफभक्तपुर अरनिकोका विकास कुलुजू संयुक्तरुपमा शीर्ष स्थानमा रहेका छन् ।
शीर्षबरियताका सुदिपले उत्कृष्ठ खेल प्रदर्शन गर्दै दोश्रा र तेश्रो चरणमा क्रमशःकंचनपुरका भीमदत्त पाण्डे र भक्तपुरका उमेश सैंजूलाई पराजित गरे भने दोश्रोबरियताका धरमले भोजपुरका सुमन राई र दमकका प्रकाश नेपाललाई हराए । त्यस्तैसजिनलॆे भेट्रान सानुकाजी महर्जन र संजय महर्जनलाइ माथ गरेका थिए भने विकासलेकान्तिपुर चेस क्लबका आशानारायण लवट र राजकाजी महर्जनलाई पाखा लगाएका थिए ।
स्वीस लिग ९चरणको खेल हुने प्रतियोगितामा मछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ र अनरेटेड सुवासकुमार गुरुङ्ग समान साढे दुई अंकका साथ दोश्रो स्थानमा रहेका छन् । त्यस्तै भक्तपुरकाज्ञानेन्द्र खाइजू बाराका रमेशप्रसाद चौधरी सनत कुँवर लुभु चेस क्लबका अशोकमोहनश्रेष्ठ सानुकाजी महर्जनको समान दुई अंक रहेको छ ।
भोली बिहानदश बजे चौथौं र दिउँसो दुई बजे पाँचौं चरणका खेलहरु हुनेछन् ।