हिमालय टाईम्स दैनिकको क्षेत्रीय कार्यालय उद्घाटन

– कृष्ण खनाल


बुटवल मंसिर ७ । ईम्प्रेसन पब्लीकेशन एण्ड  मिडीया प्राली द्धारा प्रकाशित राष्ट्रिय दैनिक ँहिमालय टाईम्सले उपत्यका बाहिर पहिलो  क्षेत्रीय कार्यालय बुटवलमा खोलेको छ । बुधवार एक कार्यक्रमका विच यस दैनिकका निर्देशक डोलेन्द्र थापा नेपाल पत्रकार महासंघ रुपन्देही शाखा अध्यक्ष दिपक ज्ञवाली र पुर्व सांसद एबं नेपाली कांग्रेसका नेता सुर्य प्रसाद प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती तथा निर्देशक डोलेन्द्र थापाले पत्रकारीताको आफ्नो विचार तथा जात नहुने भन्दै आफ्नो विचार लागू गर्नखोज्नु पत्रकारीताको धर्म विपरित हुने भनाई व्यक्त गरे । उनले शान्ती प्रकि्रया र संविधान निर्माणको पक्षमा आफ्नो पत्रिकाले मेनस्सिटम भन्दा बाहिर रहेर कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 



कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गदै पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता सुर्यप्रसाद प्रधान एकिकृत नेकपा मओवादीका कृष्ण पोखरेल नेकपा एमालेका नन्दी किशोर ढकाल राष्ट्रिय जनमोर्चाका दल बहादुर भण्डारी नेकपा एकिकृतका प्रेम सुवेदिनेपाल मजदुर किसान पार्टिका हरिसुन्दर बासि  शान्ती समाज रुपन्देहीका पुर्व सभापती हरीश ढकाल नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली लगाएतले शुभकामना व्यक्त गर्दे हिमालय टाईम्स दैनिकले  बुटवलका पाठकहरुलाई फरक स्वाद प्रदान गर्नुका साथै मोफसलको राजधानी मानिने यस क्षेत्रमा छुटै पहिचान स्थापना गर्न सफल हुने विश्वास व्यक्त गरे । 

 


 

पत्रकारीतालाई दलहरुले आफ्नो अनुकुल चलाउन खोजेको भन्दै जनताको पक्षमा कलम चलाउन चलाउनु पर्नेमा जोड दिएका थिए । पत्रकारीतालाई कमाई खाने भाडो बनाउन नहुने भन्दै सत्य निस्पक्ष रुपमा सानो ठुलो दलहरुलाई समान रुपले हेरेर समाचार सम्पे्रषण गर्न वक्तहरुले आग्रह समेत गरेका थिए । बुटवल क्षेत्रीय व्युरो प्रमुख प्रकाश खनालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।