सुदिप र श्याम अग्रस्थानमा

काठमाण्डौं मंसिर ८ गते । प्रथम राष्टिय एमेच्योर चेस टुर्नामेन्टको पाँचौं चरणको समाप्तिमा ललितपुरका सुदिप बज्राचार्य र मछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ ४ दशमलव ५अंकका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

 

विहिबार सम्पन्न चौथौं चरणको खेलमा सुदिप लायन्स क्लब अफ अरनिको भक्तपुरका विकास कुलुजूसित हार्दाहार्दै बराबरी गर्न सफल भए भने पाँचौं चरणमा हेटौडा चेस क्लबका धरमबहादुर लामासित पनि हार्ने खेल जितेका थिए ।

 

त्यस्तै श्यामले चौथौंमा सुवासकुमार गुरुङ्ग र पाँचौं खेलमा विकासलाई पराजित गरेका थिए ।

 

 द हिमालयन चेस क्लबद्धारा आयोजित प्रतियोगितामा ध्रुबतारा स्पोर्टिङ्ग क्लबका दमकका प्रकाश नेपाल भक्तपुरका उमेश सैंजू र धरमले समान ४ अंक प्राप्त गरेका छन् । त्यस्तै विकास ललितपुरका सजिनमहर्जन काठमाण्डौं चेस क्लबका उपेन्द्र कर्माचार्य कंचनपुरका भीमदत्त पाण्डे झापाका पद्म रुपचा र किर्तिपुर चेस क्लबका प्रेमलाल महर्जनको साढे तीन अंक रहेको छ ।


भिजन २०२० सचिवालय राखेप परिसर त्रिपुरेश्वरमा संचालन भैरहेको प्रतियोगितामा भक्तपुरका ज्ञानेन्द्र खाइजू ग्रीनल्याण्ड स्कुलका सुरज लोहनी नेपाल टेलिकमका गोबिन्द खड्का रुकुमका मिलन रोका भोजपुरका सुमन राइ ललितपुरका संजय महर्जन र राजकाजी महर्जनले ३-३ अंक हासिल गरेका छन् ।

 

शनिबारसम्म जारी रहने प्रतियोगिताको भोलि बिहान १0:०० बजे छैटौं र दिउँसो २:०० बजे सातौं चरणका खेलहरु हुनेछन् ।