काठमाण्डौं मंसिर १० गते । द हिमालयन चेस क्लबद्धारा आयोजित प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि मकवानपुरका धरमबहादुर लामाले जितेका छन् । हेटौडा चेस क्लबका धरमले खेलजीवनको पहिलो उपाधि जित्न अन्तिम राउण्डको खेलमा ललितपुरका राजकाजी महर्जनलाईहराएका थिए । उनले नौ चरणको खेलमा ७ दशमलव ५ अंक प्राप्त गरेका थिए । उपाधिसँगैउनले आकर्षक ट्रफि र नगद पाँच हजार प्राप्त गरे । साथै उनले आगामी अपि्रलमाअष्ट्रेलिया हुने एशियन एमेच्योरमा नेपालको प्रतिनीधित्व गर्नेछन् । त्यस्तै समान ७अंक भएपनि टाइब्रेकमा मछिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठ दोश्रा भए भने ललितपुरकासुदिप बज्राचार्य तेश्रो भए । श्यामले अन्तिम खेलमा कंचनपुरका भीमदत्त पाण्डेलाई रसुदिपले रुपन्देहीका सौरभप्रसाद प्रधानलाई पाखा लगाएका थिए ।
राखेप परिसर त्रिपुरेश्वरमा संचालित प्रतियोगितामा ध्रुबतारा क्लब दमकका प्रकाशनेपाल चौथौं लायन्स क्लब अफ अरनिको भक्तपुरका विकास कुलुजू पाँचौं रुकुमकामिलन रोका छैटौं आजाद युथ क्लब ललितपुरका संजय महर्जन सातौं रुपन्देहीका माधवप्रधान आठौं भीमदत्त पाण्डे नवौं र रुपन्देहीकै सौरव प्रधान दशौं रहे ।
स्वीस लिग ९ चरणको खेलमा अनरेटेडतर्फ काठमाण्डौका सागरकुमार डंगोल ६दशमलब ५ अंकका साथ उत्कृष्ठ र लपुका राजकाजी दोश्रा भै क्रमशः नगद एकहजार पाँचसय रएकहजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी एवं सहभागीहरुलाई आयोजका क्लबका अध्यक्ष रामकुमारथापाको सभापतित्वमा एक समारोहबीच ग्रीनल्याण्ड स्कुलका पि्र_िन्सपल थकिनकुमार गरुङ्गगोल्डेनगेट कलेजका प्रकाशचन्द्र लामा र नेपाल बुद्धिचाल संघका अध्यक्ष एवं बिश्व बुद्धिचालमहासंघ फिडेका कार्यकारी सदस्य राजेशहरि जोशी लगायतले ट्रफि मेडल प्रमाणपत्र र नगदपुरस्कार वितरण गर्नुभयो ।