– कृष्ण खनाल
बुटवल ११ मंसिर । उपज केन्द्रमा विभिन्न जिल्लाहरु बाट आउने सुन्तला होलसेलहरुमा उपज केन्द्र भित्रका कमिसनरहरुले खरिद गरेर महङ्गो मुल्यमा अन्य ग्रहकहरुलाई बेच्ने गरेका छन । उनीहरुले होलसेलमा थोरै मुल्यमा करिद गरेर महङ्गोमा बेच्ने गरेका हुन ।
सरदरमा होलसेलमा अन्य जिल्लाबाट व्यवसायीले ल्याएका सुन्तला प्रतिकेजी १५ रुपैया देखी २५ रुपैयामा बेच्ने गरेको भए पनि त्यही सुन्तला खुद्रा व्यापारीहरुकहा आउदा ३० रुपैया देखी ४५ रुपैया प्रतिकेजीमा विकि्र गर्ने गरेका छन ।