बुटवलमा दैनिक २० टन सुन्तला भित्रियो

– कृष्ण खनाल


बुटवल ११ मंसिर । राजधानी बाहिरको सवैभन्दा ठुलो उपज केन्द्र बुटवल कृषि उपज फलफुल तथा थोक बजार केन्द्र मा दैनिक रुपमा करिव १५ देखी २० टन सुन्तला आईरहेको छ ।

 

उपज केन्द्र तथ्याङ्क शाखाका टेकराज पन्थीले कात्र्तिक १  गते देखि सुन्तलाको व्यापर सुरु भएकोमा कात्र्तिकको दोस्रो हप्ताबाट बढि मात्रामा सुन्तला उपज केन्द्रमा भित्रिएको र सोहि अनुपातमा व्यापर भईरहेको जनकारी दिए ।  उनले अहिले दैनिक रुपमा १५ देखी २० टनको अनुपातमा सुन्तला भित्रिएको र सोहि अनुपातमा व्यपार भएको बताए ।

 

अहिले यस क्षेत्रमा अधिकांस सुन्तला स्याङ्जा बाट आउने गरेको छ । भने केहि मात्रामा गुल्मीपाल्पा लगाएतका जिल्लाहरुबाट समेत आउने गरेको छ ।  विगतका बर्षहरुमा अर्घाखाँचीबाट समेत यस क्षेत्रमा सुन्तला आउने गरेको भए पनि अझै सुन्तला नआएको उपज केन्द्रले जनाएको छ ।