– कृष्ण खनाल
बुटवल ११ मंसिर । बुधवार बुटवलको हाटबजारको एक कुनामा रुपन्देहीको रुद्रपुर चौताराका बलराम चौधरीले खुलेयाम रुपमा जाँड तथा रक्सी बनाउनका लागि प्रयोग हुने मोर्चा बेचीरहेका थिए । घरमा घरेलु तरिकाबाट तयार पारिएको मोर्चा उनले यसरीनै हाटबजारको समयमा बुधवार र शनिबार यसरीनै बेच्ने गर्दछन । उनले उक्त मर्चा बेच्नको लागि हरेक बुधवार र शनिवार यसरीनै रुद्रपुर बाट बुटवलको हाटबजारमा धाउने गर्दछन । उनले मर्चाको व्यपार मात्र गर्दन्न यहि व्यापार बाट राम्रै आम्दानी गर्ने गरेका छन ।
विहानको करिव १ बजे सम्म मर्चा बेचेर ४ देखी ५ सय रुपैया आम्दानी गरेका उनले यसरी व्यावपार गर्दे आएको बसौ्र भए पनि अहिले सम्म कसैले कारबाहि गरेको छैन । उनले आफुले आम्दानीको बाटो नै यहि भएको बताए । यस क्षेत्रमा मर्चाको व्यापरका लागि यहाका स्थानीय मानिसहरु भन्दा मगर बस्ती भएका आसपासका स्थानहरुबाट आउने गरेका छन । खासगरी छिमिकी जिल्ला पाल्पा लगाएत छिमिकी गाविसहरु देवदह सालझण्डी लगाएतका स्थानहरुबाट मर्चा बेच्नका लागि आउने गरेको पाइएको छ ।
हाटबजारको एक कुनमा अन्य व्यापारीको सामानमा ओत लागेर मर्चाको व्यापार गर्न गरिरहेकी देवदह ९ खैरेनी मगर थरकी महिललाई मर्चा बेच्न भ्यानभ्याई थियो । उनले मगर भाषामानै मानिसहरुलाई बोलाएर मर्चा बेचिरहेकी थिईन । विभिन्न फुलहरु ज्ाडिबुटी र चामलको पिठो मिलाएर मर्चा तयार पार्ने गरेको व्यपारीहरु ब्ातादछिन । आफ्नो पुर्ण परिचय खुलाउन नमान्ने मगर थरकी ती महिलाले प्रतिपिस ठुलोलाई २ रुपैया र सानो लाई १ रुपैया बेच्ने गरेको बताईन । एक चोटिको हाटबजार बाट करिव १ हजार सम्म अम्दानी हुने बताउने उनले आफुलेनै स्थानिय रुपमा खैरेनीमा नै मर्चा बनाउने गरेको जनकारी दिईन ।
उता ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षकडि एस पि कृष्ण महतले घरेलु मदिराजाड बेच्न प्रतिबन्धीत गरेकोले जाड बनाउन प्रयोग गरिने मर्चाको पनि खुलेयाम रुपमा व्यापार गर्न प्रतिबन्ध गरेको जनकारी दिए । उनले मर्चाको व्यपारलाई दुईवटा फरक पाटो बाट हेर्न सकिने भएको कारण कारबाहिको प्रकि्रया फितलो हुने समेत जनकारी दिए । उनले- यसलाई व्यापारीक तथा व्यवहारीक पाटोले हेर्ने गरेको छन