
तमु विद्यार्थी समितिले गरेको प्रतियोगितामा बेस्ट टाइटलसमेत पाएकी उनले बिन्ध्येश्वरी फर्निचरबाट १ लाख रुपैयाँ र एक वर्षका लागि ब्रान्ड एम्बेसडरको अवसर पनि पाइन् । प्रतियोगितामा जनपि्रय क्याम्पस पढ्दै गरेकी अनुजा गुरुङ फस्ट रनरअप भइन्, उनले २५ हजार रुपैयाँसहितको उपहारहरू थापिन् । जनपि्रयकै सुषमा गुरुङले सकेन्ड रनरअप र फोटोजेनिकको टाइटल पाइन् । वीना तमुले मिस ट्यालेन्ट र लक्ष्मी गुरुङ दर्शक छनोट अवार्ड पाइन् ।



