साउदी अरब मदिनामा नेपाली हजयात्रीको निधन

मदिना (साउदी अरब) – हजका लागि यहाँ आएका एक नेपाली हजयात्रीको आइतबार निधन भएको छ । कपिलवस्तुबाट हजमा आएका चमेश्वर मुसलमानको उपचारका क्रममा मक्कास्थित अलनुर स्पेसलिष्ट अस्पतालमा आइतबार विहान निधन भएको हो ।

झण्डै दुई साता अघि उनलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनको धेरै दिनदेखि सिसियुकक्षमा उपचार भइरहेको थियो । उनको यहीं अन्त्यष्टी गरिने आफन्तले बताएका छन् ।

मुसलमान र उनकी श्रीमती गत कात्तकि ३ गते हजका लागि मक्का आएका थिए । सोही अस्पतालमा सिरहाबाट हजमा आएका शेख फैजुर रहमानकोसमेत उपचार भइरहेको छ । रहमानको स्वास्थ्यमा भने सुधार आएको उनका छोरा मोहम्मद अनवरले बताए । बुबाको रेखदेखका लागि अनवर गत साता नेपालबाट मक्का आएका हुन् । –कान्तिपुर