अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव मंसिर तेस्रो साता

काठमाडौं, १२ मंसिर हिमाल एसोसिएसनले प्रत्येक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ९किम्फ० यसवर्ष मंसिर २२ देखि २६ गतेसम्म हुने भएको छ । महोत्सवमा २२ देशका ५२ वटा चलचित्र प्रदर्शन गरिने भएका छन् ।

 

महोत्सवमा पर्वतीय संस्कृति, पर्वतारोहण, द्वन्द्व, बसाइसराइ, विश्वव्यापीकरण, जैविक विविधता, मानवअधिकार, पर्यावरण, लैंङकितालगायत विषयका वृत्तचित्र, सर्ट एनिमेसन तथा कथानक फिल्म प्रदर्शनी गरिनेछन् ।

 

तीमध्ये अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १७, अप्रतिस्पर्धी समूहमा २१ र नेपाल प्यानोरमामा ६ वटा सहभागी हुनेछन् । त्यस्तै, ताम्पेरे फिल्म फेस्टिभलअन्तर्गत फिनल्यान्डका ६ वटा फिल्म पनि प्रदर्शन गरिनेछन् । उत्तरी युरोपको सबैभन्दा ठूलो मानिने ताम्पेरे फिल्म फेस्टिभलका कार्यकारी निर्देशक युहानी अलानेनले ती फिल्मबारे परिचय दिनेछन् ।

 

त्यसैगरी सन् १९५० को दशकका नेपाली संगीत र नृत्यसम्बन्धी टोनी हेगनद्वारा निर्मित फिल्म ुकल्चरल भिन्यात्स अफ नेपालुको विशेष प्रदर्शनीसमेत हुने भएको छ । डिसेम्बर १० मा पर्ने अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानवअधिकार उच्चायुक्तको कार्यालयको फिल्म ुभ्वाइस फर जस्टिसु पनि महोत्सवमा देखाइनेछ । 

 

फिनल्यान्डका हलेना मेलोनेन, बेलायतका जोन इनरडेल र नेपालका सञ्जीव उपे्रतीसम्मिलित तीन सदस्यीय निणरयक मण्डलले उत्कृष्ट फिल्म छनोट गर्नेछ । उत्कृष्ट तीन फिल्मलाई क्रमशः १ हजार ५००, १ हजार र ५ सय अमेरिकी डलर तथा ट्रफी प्रदान गरिनेछ भने नेपाल पनोरमाअन्तर्गतको उत्कृष्ट फिल्मलाई चलचित्र विकास बोर्डले २५ हजार रुपैयाँ प्रदान गर्नेछ ।