२० ट्वान्टी खेल्न अफगान टोली आज नेपाल आउने

काठमाडौं, १२ मंसिर आगामी बिहीबारदेखि राजधानीमा सुरु हुने एसीसी २०(ट्वान्टी क्रिकेटमा प्रतियोगितामा  भाग लिन अफगानिस्तानको टोली आज नेपाल आउँदै छ ।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा भाग लिन अफगानिस्तानका १२ खेलाडी सहितको टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रदै छ । उडान तालिका नमिलेकाले उनीहरु छिटै आउन लागेका हुन् । बाँकी ६ जना खेलाडी भने भोलि दिउँसो आउने नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।