सीताराम विवाह महोत्सव मंपौराणिक प्रचलनअनुसार मनाइँदै

जनकपुरधाम  – सीताराम विवाह महोत्सव मंगलबार पौराणिक प्रचलनअनुसार मनाइँदैछ । जनक नन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णननुसार यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिला नरेश जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपक्ष पञ्चमीका दिन यो महोत्सव यहाँको सबैभन्दा ठूलो महोत्सवका रूपमा रहेको छ ।

वैरणव सम्प्रदायमा सीतारामलाई प्रमुख आराध्यदेव-देवीका रूपमा स्वीकार गरिएको छ ।श्रद्धालुहरू सीतारामको जपले मात्र पुण्यका भागी हुने विश्वास गर्छन् ।मिथिला महात्म्यअनुसार सीताको जन्मभूमिमा मृत्यु हुने व्यक्ति सयौँ पापको भागी भएर पनि विष्णुलोक पुग्ने गर्छन् भन्ने आस्थाका कारण पनि जनकपुरधाम नपुगेका जीवनमा एकपटक आउने गर्छन् ।महोत्सवमा मिथिलाको संस्कृतिअनुसार स्वयम्बर र विवाह गर्ने चलन छ । रासस