सुनको भाउले पुन नयाँ रेकर्ड कायम

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै बुधबार स्थानीय बजारमा सुनको भाउले पुन नयाँ रेकर्ड कायम गरेको छ । यस दिन स्थानीय बजारमा सुन तोलाको ५५ हजार ४ सय ९८ रुपैयाँमा कारोबार भयो ।

नेपाल सुन चाँदी व्यवसायी संघले यस दिन १० ग्राम सुनको मूल्य ४७ हजार ५ सय ८० कायम गरेको हो ।

अघिल्लो दिन स्थानीय बजारमा प्रति दशग्राम सुन ४७ हजार १ सय १० अर्थात् तोलाको ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ भने तोलाको १ हजार ७५ रुपैयाँमा स्थिर रह्यो ।