काठमाडौं, १५ मंसिर नेपालमा आयोजना हुने एएफसी च्यालेन्ज कपको उद्घाटन खेलमा नेपाल र प्यालेस्टाइन भिड्ने भएका छन् । एसियाली फुटबल महासंघका पदाधिकारीहरुको उपस्थितीमा बिहीबार राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा समूह विभाजन गरिएको हो ।
नेपालसँग समूह ुएुमा प्यालेस्टाइन, तुर्किमिस्तान र माल्दिभ्स परेका छन् । त्यस्तै, समूह ुबीुमा उत्तर कोरिया, भारत, ताजिकिस्तान र फिलिपिन्स छन् । प्रतियोगिका खेलहरु दशरथ रंगशाला र स्वयम्भुस्थित सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा हुने छ । अभ्यास खेलका लागि भने पाँच वटा मैदान छुट्टाइएको छ । प्रतियोगिता मार्च ४ देखि १८ सम्म सञ्चालन हुनेछ ।
नेपालमा आयोजना हुन लागेको प्रतियोगिता अहिले सम्मकै ठूलो हो । यसअघि तीन पटकसम्म आयोजना भइसकेको प्रतियोगितामा नेपालले दुई पटक सहभागीता जनाइसकेको छ । नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको ड्र निकालिएको यो। पहिलो पटक हो ।