१७ मार्ग, २०६८ पर्वत । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वत र महिला उद्यमी समुह पातिचौर पर्वतको संयुक्त आयोजनामा जिल्लामा बिगतमा सिलाई कटाइ तालीम हासिल गरि तालीम पश्चात ब्यवसाय संचालन गरेका महिला उद्यमीहरुलाई हाल बजारको माग अनुसार नयाँ डिजाइनमा आधारित ४५ दिन अवधिको सिलाई कटाई रिफ्रेसर तालीमको कार्यक्रमका प्रमुख अतिथि उद्योग मन्त्रालयका सह-सचिव एवं लघु उद्यम विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक बेगेन्द्र पौडेलले एक समारोहका बिच उद्घाटन गर्नु भयो । उद्घाटन पश्चात मन्तव्य प्रकट गर्दै प्रमुख अतिथिले उद्यमीहरुलाई आई परेका स-साना समस्याहरुलाई क्रमश नीतिमा सुधार गरि उद्यमीका समस्या हटाउन आफु सदा लागि रहने कुरा बताउनु भयो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै घरेलु विकास समिति पर्वतका वरिष्ठ उद्योग अधिकृत शिव शंकर वानियाँले उद्योग प्रवद्र्धन कार्यक्रम अन्तर्गत विभिन्न गा।वि।स मा संचालनमा रहेका उद्योगका उद्यमीहरुको सिपको स्तर बृद्धि गरि बजारको माग अनुसारको सेवा प्रदान गर्न उद्यमीलाई सक्षम बनाउने र आय बृद्धिमा टेवा पुर् याउने उद्देश्यबाट साझेदारी रुपमा तालीमको आयोजना गरिएको क्ररा व्यक्त गर्नु भयो । स्थानिय स्तरमा संचालित तरकारी खेती फलफूल खेती ढाका कपडा बुनाई सिलाई कटाई मौरीपालन उद्योगका उद्यमीहरुले साना उद्यमीहरुका लागि टेवा सहयोग बृद्धि गर्नु पर्ने कुरा गर्नु भएको थियो । सोही अवसरमा जि।वि।स पर्वतका कार्यक्रम अधिकृत तुलसी राम शर्मा महिला उद्यमी समूहकी अध्यक्ष नममाया पुनले पनि तालीमको महत्व बारे प्रकाश पार्नु भएको थियो । साथै सो अवसरमा िसंचाइ मन्त्रालयका सह- सचिव खुमराज दाहाल स्टाफ कलेज काठमाण्डौका वरिष्ठ परिक्षक यज्ञ बहादुर प्रधानले पनि सिप विकास तालीम र त्यसबाट प्राप्त हुने अवसरका बारेमा मन्तव्य प्रकट गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम पश्चात लघु घरेलु तथा साना उद्यमीहरु सँग अतिथिहरुले नीतिगत व्यवस्था तथा आइ पर्न सक्ने समस्या र सोको समाधान तर्फ सरकारी तवरबाट हुन सक्ने सम्मको लचकता अपनाइ समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । सेवा पर्वतका अध्यक्ष एवं सहजकर्ता सीता शर्माले संचालन गर्नु भएको तालीम उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला लघु उद्यमी संघ पर्वतको अध्यक्ष केशा परियारले गर्नु भएको थियो ।