काठमाडौं, १७ मंसिर । राजधानीमा शनिबारबाट शुरु भएको तेश्रो संस्करणको एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नेपाल बिजयी भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा नेपालले हङकङलाई २ विकेटले पराजित गरेको हो । २० ओभरको खेलमा नेपालले ८ विकेट गुमाउँदै एकसय १५ रन जोडेको थियो ।
यसअघि टस जिती ब्याटिङ रोजेको हङकङले पु्रै २० ओभरमा ९ विकेट गुमाएर एक सय १४ रन बनाएको छ । उसका लागि इरफान अहमेदले २५, बबार हयाटले २० रनको योगदान दिनुबाहेक अन्यले गतिलो प्रर्दशन गर्न सकेनन् । नेपालको जितमा वसन्त रेग्मी, पारस खड्का र महेबुब आलमले समान २-२ विकेट लिएका थिए भने अमृत भट्टराई र राहुल विकले १-१ विकेट लिएका थिए ।