पानीको वहावमा कमी आएपछि मध्यमस्र्याङ्दी जलविद्यत् परियोजनाबाट हुने विद्युत उत्पादन घटेको छ ।
नदीमा पानीको वहाव घटेपछि ७० मेगावट विधुत् उत्पादन गर्दै आएको परियोजनाले अहिले ५५ मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ ।
हिउँदमा पानीको वहाव अझै कम भई परियोजनाको विद्युत उत्पादन अझै घट्ने प्राविधिकहरुले वताएका छन् । गत बर्षको हिउँदमा पनि परियोजनाबाट ३५ मेगावाट मात्र विद्युत उत्पादन भएको थियो ।