ब्राजिलियन फुटबल हस्ती सोक्रेट्सको ५७ बर्षको उमेरमा मृत्यु

ब्राजिलियन फुटबल हस्ती सोक्रेट्सको ५७ बर्षको उमेरमा मृत्यु भएको छ ।

 

ब्राजिलीयन टोलीका पूर्व कप्तानको आन्द्रमा इन्फेक्सन भएपछि गत शुक्रबार साओ पावोलोको एक अस्पतालमा भर्ना गरिएको थियो । मिडफिल्डर सोक्रेट्सले ब्राजिलका लागि २ वल्र्डकप खेलेका थिए । साथै उनले सन् १९७९ देखि ८७ सम्म ब्राजिको तर्फबाट ६० खेलमा २२ गोल गरेका थिए ।

 

यसअघि उनको पाचान नलीमा रक्तश्राव हुँदा गत अगस्ट र सेप्टेम्बरमा दुई पटक उनलाई अस्पताल पु-याइको थियो ।