– कृष्ण खनाल
बुटवल १८ मंसिर । बुटवलमा सञ्चालन भएको मिस मगर लुम्विनी २०११ को उपाधी बुटवलकी आशा थापा मगरले जितेकी छिन् ।
शनिबार राती १२ बजे बुटवलमा भएको अडिसनमा तीस जना प्रतिस्पर्धीलाई पछि पार्दैे मिस मगर २०११को ताज आशाले पहिरिएकी हुन । राधा श्रीसले पहिरिईन भने सेकन्ड रनरअपको ताज नमिता थापामगरले पहिरिईन । उनीहरु तीनै जनालाई मिस नेपाल २००९ की फस्ट रनरअप ऋचा थापाले ताज पहिराइदिईन ।
ताजसंँगै वीनर फस्ट रनरअप र सेकेन्ड रनर अपले क्रमश १५ हजार १० हजार र ५ हजार नगद पुरस्कार पनि प्रदान गरियो ।
नेपाल मगर महीलासंघ बुटवल नगर समितिको आयेजनामा भएको उक्त कार्यक्रममा फाइनल राउण्डमा सहभागी तीस जना मध्ये पवित्रा थापामगरले वेस्ट हेयर मीना आलेमगरले वेस्ट वाक प्रतिमा थापामगरले मोस्ट पसा्रनीलीटी करिश्मा रानामगरले मोस्ट चारिमङ रीता थापामगरले वेस्ट प्लानिङ्ग हेमा थापामगरले मोस्ट डिस्पिलिङ निशा पुनमगरले वेस्ट टे्रनिङ्ग सुजाता आलेमगरले मोस्ट व्यूटिफुल एण्ड कल्चर सरीता श्रीसले वेस्ट कन्फिडेण्ट अंजली िसंह दर्लामीस्ले वेस्ट फोटोजेनिक अमृता सारुले वेस्ट इन्टरप्लानिङ्ग भुमिका घर्तीमगरले वेस्ट मदरल्याण्ड ड्रेस शोभा थापाले भिउ स्टाइल मिस्सी थापामगरले मोस्ट ट्यालेण्टको उपाधी जित्न सफल भए ।