नेपाल भारत वाणिज्य सचिवस्तीय अन्तरसरकारी समितिको वैठक आजदेखी भारतको नयाँ दिल्लीमा

नेपाल भारत वाणिज्य सचिवस्तीय अन्तरसरकारी समितिको वैठक आजदेखी भारतको नयाँ दिल्लीमा हुँदैछ । वैठकमा नेपाली पक्षको नेतृत्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले गर्नुहुनेछ भने भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिय सचिवले गदै हुनुहुन्छ ।

वैठकमा नेपाली वस्तुमाथि भारतले लिदैं आएको अतिरक्ति भन्सार महशुल हटाउन नेपाली पक्षले पहल गर्ने बताईएको छ । यसैगरी सन् २००९ मा भएको व्यापार सम्झौताको प्रावधान कार्यान्वयन नगर्ने वातावरण बनाउन पनि नेपाली पक्षले प्रयास गर्नेछ । यस्तै वैठकमा नेपाली वस्तुको प्रवर्धन, निजी क्षेत्रबाट पेट्रेलिम पदार्थको आयात, व्यापार घाटा कम गर्ने उपाय लगायतका विषयमा कुरा उठाईने बताईएको छ ।

दुई दिने वैठकमा भारतले निकासीमा प्रतिवन्ध लगाएका खाद्यान्न, गैकानुनी रुपमा नेपालबाट निर्यात हुने सुपारी, भारतबाट नेपाल भित्रिने चोरीका सवारी साधन लगायतका विषयमा समेत छलफल हुने नेपाली टोलीले जनाएको छ ।