नेपालको रोमाञ्चक जित ट्वान्टी कप क्रिकेट

काठमाडौ, मंसिर २० एसीसी ट्वान्टी(ट्वान्टी कप क्रिकेट मा मंगलबार नेपालले कुवेतविरुद्ध एक रनको रोमाञ्चक जित हात पारेको छ । त्रिवि मैदान किर्तिपुरमा भएको खेलमा पहिले ब्याटिंग गरेको नेपालले ६ विकेट क्षतिमा १सय २६ रन बनाएको थियो । नेपालकालागि प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ४० रन बनाएका थिए । जवाफमा कुवेत १९ ओभर ५ बलमा १सय २५ रनमा अलआउट भयो ।
नेपालकालागि पृथु बास्कोटाले अन्तिम ओभरमा महत्वपूर्ण तिन विकेट हात पारे ।
 
हुर्रे । नेपालले एक रनको रोमाञ्चक जित हात पारेको छ । दुईबल बाँकी रहदा पृथुले विकेट हात पारेपछि नेपालले सफलता हात पारेको हो । अन्तिम ओभरमा पृथुले तिनविकेट लिए ।
नेपाल । अव अन्तिम ओभर जोगाउनु आवश्यक रहेको छ । जित धेरै टाढा छैन । कुवेतलाई अन्तिम ओभरअन्तिम ओभरमा बलिंग गर्दै पृथु । कुवेतको अर्को विकेट गयो । ३९रन जोडेका साउद कोमार आउट । अव ४ बलमा १० रन आवश्यकमा जितकालागि १८ रन आवश्यक ।
नेपाल । अव अन्तिम ओभर जोगाउनु आवश्यक रहेको छ । जित धेरै टाढा छैन । कुवेतलाई अन्तिम ओभरमा जितकालागि १८ रन आवश्यक ।
खेल रोमाञ्चक मोडमा । पृथुको उत्कृष्ठ बलिंग । कुवेतको अर्को विकेट गुम्यो । उसले १८ ओभर समाप्तिमा सय रन बनाएको छ । जितकालागि १२ बलमा २७ रन आवश्यक
नेपाललाई अर्को सफलता । आफ्नो अन्तिम ओभरको अन्तिम बलमा कप्तान पारशले विकेट लिए । कुवेत १७ ओभर समाप्तिसम्म ६ विकेट क्षतिमा ९३ को अवस्थामा
पृथुको उत्कृष्ट बलिंग । उनले एक ओभरमा एक रनमात्र खर्चे । कुवेतले ८९ रन बनाएको छ ।
१५ ओभर समाप्तिसम्म कुवेतले ५ विकेट गुमाउदै ८८ रन बनाएको छ । पृथु वास्कोटा बलिंग गर्दै
 १३ ओभर सकिदासम्म कुवेतले ७९ रन बनाएको छ । कुवेतलाई जितकालागि ४२  बलमा ४८ रन आवश्यक । उसका ५ विकेट बाँकी ।
नेपाली बलर आफ्नो उत्कृष्ठता देखाउदै । सञ्जमको बलमा हारोन साहिद कटएन्ड बोल्ड भए  । कुवेत १२ ओभर समाप्तिसम्म ५ विकेट क्षतिमा ७६ रनको अवस्थामा
११ ओभर सकिदा कुवेतले ४ विकेट क्षतिमा ७२ रन बनाएको छ ।
नेपाललाई अर्को सफलता । एघारौं ओभरको पहिलो बलमा पारसको उत्कृष्ठ थ्रो । ११ रन जोडेका रोशनाथ रनआउट । कुवेत ६८(४को अवस्थामा
१० ओभर समाप्तिसम्म कुवेतले तिन विकेट  क्षतिमा ६८ रन बनाएको छ । नेपालले आफ्नो इनिंगमा १० ओभर सकिदा ३  विकेट क्षतिमा ५६ रन बनाएको थियो ।
आठ ओभर समाप्तिमा कुवेत ५६(३ को स्थितीमा । सञ्जम बलिंगकालागि चोभार एन्डबाट
कुवेत सात ओभर समाप्तिसम्म तीन विकेट क्षतिमा ५१ रनको स्थितीमा
नेपाललाई थप सफलता । कुवेतको तेस्रो विकेट गुम्यो । बसन्तको बलमा यासिर इद्रीस बोल्ड ।
कुवेत रन रेट बढाउदै । नेपाललाई सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न जित आवश्यक । नेपालले रन रोक्दै विकेटलिन जरुरी
५ ओभर समाप्तिमा कुवेतले २ विकेट क्षतिमा ३६ रन जोडेको छ ।
नेपाललाई अर्को सफलता । मोहम्मद इरफान ११ रन जोडदा रनआउट बने । कुवेत २ विकेट क्षतिमा ३४ रनको अवस्थामा
चौथो ओभर समाप्तिसम्म कुवेतले २९ रन बनाएको छ । नेपालले स्पिन बलिंग सुरु गरेको छ । नेपालले विकेट लिनु जरुरी
रमाइलो संयोग । अहिले प्रतिश्पर्धा गरिरहेका नेपाल र कुवेत दुवै देशका प्रशिक्षक श्रीलंकन हुन । नेपालका प्रशिक्षक पुवुदु दासानायकेले सन् १९९३(९४ मा श्रीलंकन टिममा विकेटकिपरको भुमिका निर्वाह गरेका थिए । कुवेतका प्रशिक्षक बसिल जयबर्द्धनेले भने राष्ट्रिय टिमबाट खेलेका छैनन् ।  उनले भने युएईको राष्ट्रिय टिमबाट आफ्नो खेल प्रस्तुत गरेका थिए ।
तीनओभर सकिदासम्मसम्म कुवेतले एकविकेट क्षतिमा २३ रन जोडेको छ ।
द्द ओभर सकिदासम्म कुवेतले एकविकेट क्षतिमा १६ रन जोडेको छ ।
नेपाललाई पहिलो सफलता । पारसको बलमा प्रदीपले क्याच लिए । कुवेतले ११ रन जोडदा पहिलो विकेट गुमाएको छ ।
पहिलो ओभर सकिदा कुवेतले तीन रनमात्र जोडेको छ । कप्तान पारस बलिंग गर्दै ।
कुवेतकालागि यासिर इद्रीस र मोहम्मद अस्गार ओपनिंग गरेका छन् ।
इनिंग ब्रेक सकिएको छ । दुवै टिममा खेलाडी मैदान प्रवेश गरेका छन् । नेपालका अमृत भट्टराईले चोभार एन्डबाट बलिंग सुरुआत गरेका छन् ।
नेपाली टिमकालागि प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ४० रनको योगदान दिए । त्यस्तै, ज्ञानेन्द्र मल्ल र पृथु वास्कोटाले समान १६ रन जोडे । त्यस्तै, महवुव आलमले १४ रन तथा बसन्त रेग्मीले नटआउट १० रनको योगदान दिए ।
नेपालले २० ओभरमा ६ विकेट क्षतिमा १सय २६ रन बनाएको छ । अव कुवेत सामु जितकालागि  १सय २७ रनको लक्ष्य ।
नेपालले १९ ओभर सकिदा ६ विकेट क्षतिमा १सय १७ रन बनाएको छ । बसन्तले १० रन बनाएका छन् भने विनोदले ४ रन जोडेका छन् ।
बसन्तले छक्का प्रहार गरेका छन् ।
उत्कृष्ठ सुरुआत गरेको नेपालले पछिल्लो ओभरमा सामान्य प्रदर्शन गरेको छ । १८ ओभर समाप्तिसम्म ६ विकेट क्षतिमा १सय ८ रन ।
नेपाललाई थप झटका । अठारौं ओभरको दोस्रो बलमा ज्ञानेन्द्र स्टम्पींग भए । उनले १६ रन बनाउन २२ बलको सामना गरे । अव क्रिजमा विनोद भण्डारी
छक्का प्रहारगरेका महवुव १४ रन बनाउदै आउट भएका छन् । उनले आठ बलको मात्र सामना गरे । अव क्रिजमा बसन्त रेग्मी र ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपालले १७ ओभर समाप्तिमा ५ विकेट क्षतिमा १सय ५ रन बनाएको छ ।
महवुवले छक्का प्रहार गरेका छन् । नेपालले १सय रन पुरा गरेको छ ।
१६ ओभर समाप्तिसम्म नेपालले ४ विकेट क्षतिमा ९३ रन जोडेको छ । ज्ञानेन्द्रले १५ रन जोडेका छन् भने महवुवले ६ रन बनाएका छन् ।
नेपाललाई अर्को झटका । पृथु १६ रन जोडदा स्ट्म्पींग भए । ज्ञानेन्द्र र पृथुले ३२ रनको साझेदारी गरे । अव महवुव आलम ब्याटिंग गर्न क्रिजमा
नेपाली टिमले १४ ओभर सकिदा ७६ रन बनाएको छ ।
१३ ओभरको समाप्तिसम्म नेपाली टिमले तीन विकेट क्षतिमा ७४ रन बनाएको छ । ज्ञानेन्द्र १० र पृथु ९ रनमा क्रिजमा
नेपालले १० ओभर सकिदा तीन विकेट क्षतिमा ५६ रन जोडेको छ । रनरेट ५।६
नेपालले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । कप्तान पारस चार बलको सामना गर्दै एकरन जोडदै आउट भएका छन् । पृथु बास्कोटा ब्याटिंग गर्न क्रिजमा रहेका छन् ।
नेपाललाई अर्को झटका । ४० रन जोडदै सुवास पेभेलियन फर्के । उनी एलविडब्लुको सिकार बने । अव कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र क्रिजमा रहेका छन् ।
नेपाली टिमले एक विकेट क्षतिमा  ५० रन पुरा गरेको छ । सुवासले ३६ रन जोडेका छन् भने ज्ञानेन्द्रले खाता खोल्न बाँकी छ ।
नेपाली टिमले ४९ रन जोडदा पहिलो विकेट गुमाएको छ । अनिल मण्डल नौ रन जोडदा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा रहेका छन् ।
छैटौं ओभर सकिदा विनाविकेट क्षति ४३ रन बनाएको छ । सुवास २९  र अनिल ९ रन बनाउदै क्रिजमा रहेका छन् ।
दुई टिम बीचको ट्वान्टी(ट्वान्टी इतिहास हेर्दा स्तर उस्तै छ । यूएईमा सन् २००९ मा भएको भेटमा नेपालले कुवेतलाई बल आउटमा ३(२ ले हराएको थियो । त्यसमा नेपाललाई जित दर्ता गर्न अन्तिम बलमा ७ रनको आवश्यकता थियो । ब्याट्सम्यान विनोद भण्डारीले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर १ बलमा १ सय २३ रन जोडेको थियो । जवाफमा नेपालले ७ विकेटको क्षतिमा १ सय २३ बनाएको थियो ।
प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले २९ रन जोडी सकेका छन् । उनले ६ चौका प्रहार गरिसकेका छन् ।  पाँच ओभर सकिदा सम्म नेपालले विकेट नगुमाउदै ३७ रन बनाएको छ । नेपालको उत्कृष्ठ सुरुआत
पहिलो खेलमा कमजोर देखिएको नेपाली ब्याटिङ दोस्रो खेलमा पनि दोहोरिएको थियो ।अझ दोस्रो खेलमा त कमजोर फिल्डीङ पनि नेपालले प्रस्तुत गरेको थियो । कुवेत र बुधबारहुने साउदी अरेवियाविरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनल यात्रातय गर्ने अभियानमा नेपाल रहेको छ ।
चौथो ओभर सकिदा नेपालले विना विकेट क्षति २७ रन बनाएको छ । सुवासले २० तथा अनिलले २ रन जोडेका छन् ।
तेस्रो ओभर सकिदा नेपालले १८ रन जोडेको छ ।
दुई खेलको समाप्तिसम्म अपराजित युएई पहिलो स्थानमा छ । समान एक खेलमा जित र अर्कोमा हार बेहोरेपनि नेट रन रेटको आधारमा हङकङ दोस्रो र कुवेत तेस्रो स्थानमा छन् । आयोजक घरेलु राष्ट्रनेपाल भने चौथो स्थानमा रहेको छ । अन्तिममा रहेको साउदी अरेवियाले कुनै खेलमा सफलता हात पारेको छैन ।
 समूह ुबीु मा नेपाल सहित युएई, हङकङ, कुवेत र साउदीअरेविया रहेका छन् । सवै टिमले समूह चरणका दुई, दुई खेल खेलीसकेका छन् । नेपाल र कुवेतले खेलेका २ मध्ये ए&#23