काठमाडौं, २२ मंसिर काठमाडौंमा जारी एसीसी ट्वेन्टी(ट्वेन्टी क्रिकेट प्रतियोगितामा आज हुने यूएई र साउदी अरेबियाबीचको खेल नतिजाले नेपालको सेमिफाइनल यात्रा तय गर्नेछ ।
आजको खेलमा यूएई पराजित भए वा कम अन्तरमा विजेता भएमा नेपालको भाग्य चम्कने छ । समूहबाट हङकङ नेपालभन्दा बढी रनरेटको आधारमा सेमिफाइनलमा प्रवेश गरीसकेको अवस्थामा यूएईले पनि सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने अवस्था रहेको छ । यसअघि हिजो भएको खेलमा साउदी अरेबियामाथि नेपालले ९५ रनको फराकिलो जित हात पारेपनि नेपालको सेमिफाइनल प्रवेश पक्का भइसकेको छैन । खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुर मैदानमा हुनेछ ।
यसैगरी आजको दोस्रो खेल पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा माल्दिभ्स र ओमानबीच हुँदैछ ।



