काठमाडौं, मंसिर २५ ( हङकङलाई हराउँदै अफगानिस्तानले एसीसी ट्वान्टी(ट्वान्टी क्रिकेटमा ह्याट्रिक गरेको छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले ८ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिटेर ब्याटिङ रोजेको अफगानिस्तानले १९ दशमलव ५ ओभरमा १ सय २५ रनको चुनौति दिएको थियो । हङकङ १९ दशमलव २ ओभरमा १ सय १७ रन बनाएर बाहिरियो ।
अफगानिस्तान सन् २००७ र २००९ को विजेता हो ।



