पाणिनी बहुमुखी क्याम्पसमा शुल्क बृद्धिको बिरोधमा बिद्यार्थीको जुलुस

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २५ मसिर । अर्घाखाँचीको सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा सुल्क बृद्धिको बिरोधमा बिद्यार्थीहरुले आज क्याम्पसमा जुलुस  प्रदर्शन गरेका छन् । 


  क्याम्पसमा रहेका नेबिसंघ अनेरास्वबियु अखिल क्रान्तीकारी र अखिल छैठौको आयोजनामा बिरोध कार्यक्रम सम्पन्न भएको हो ।

 

  बिरोध जुलुस पछि भएको कोण सभामा स्वबियु सभापति रामचन्द्र ढु्रंगाना नेबिसंघका शेसकान्त गैरेबासुदेब पाण्डे   अखिल क्रान्तीकारीका नारायण खनाल  प्रदिप परियार अखिल छैठौका गोपाल भटराई लगायतले तत्काल बृद्धि भएको सुल्क फिर्ता लिई पहिलेकै शुल्क कायम नभए कडा भन्दाकडा आन्दोलन गर्ने बताएका छन् । कोण सभा नारायण भुसालको संचालनमा सम्पन्न भएको हो ।


  बृद्धि गरिएको सुल्क फिर्ता गरि पुरानै शुल्क कायम गर्नु पर्ने माग गर्दै बिद्यार्थीहरुले कयाम्पसमा एक हप्ता देखि तालाबन्दी समेत गरेको ऋषिराम भुसालले बताएका छन् ।

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु