अर्घाखाँचीको ठाडा स्थित भाडामा लिएको बारीमा उत्पादन गरेको गोलभेडा देखाउँदै नवलपरासीमा रहेको परिवर्तन स्मृती विग्रडका सेक्सन कमाण्डर हेमनाथ भुसाल ।
– वीरेन्द्र केसी
ठाडा, अर्घाखाँची – कुनै बेला शोषण दमन अन्याय अत्याचारको विरुद्ध र गरिब जनताको मुक्तिको लागि विद्यार्थी कालमा कलम छाडेर बन्दुक उठाएका थिए । तर उनले सोचे जस्तो परिवर्नत भएन । जीवन मरणको साथी बनाएको बन्दुकलाई अब सधाकै लागि वाईवाई ।
नवलपरासीमा रहेको परिवर्तन स्मृती बि्रगेडका सेक्सन कमाण्डर हेमनाथ भुसाल समायोजनमा गएनन् । उनले स्वच्छिक अवकास रोजे । उती बेला गरिब जनताको पक्षमा बन्दुक बोकेर युद्धमा होमिएका उनी अब बन्दुक जस्तै कृषिको हतियार कोदालो बोक्न थालेका छन । अब बन्दुकको सट्टा कोदालो बोक्छु भुसाल भन्छन समायोजनमा गएर बन्दुक बोकेर मात्रै देश परिवर्तन हुन सक्दैन । जागिर खानु मात्रै ठुलो कुरा होईन । अब क्रान्तिका कुरा छाडिदिनुहोस भुसालले भने बन्दुक बोकेको मेरो बाँधमा अब हसिया कोदालो रहन्छन । िसंगो देशलाई परिवर्तन गर्न नसकेपनि गाउँलाई परिवर्तनमा ल्याउन सक्ने सपना बोकेर भुसाल गाउँ फर्केका छन । आत्मनिर्भर र आर्थिक क्षेत्र बलियो बनाउनको लागि र विदेशिएका युवाहरुलाई गाउँ फर्काएर आफनै माटोमा सर्घष गर्न सिकाउनको लागि कृषि क्षेत्रमा लागेका छन । बन्दुक बोक्न छाडेपछि गाउँमा असल नेतासँगै कषि क्रान्तिमा परिवर्तन ल्याउने सोच बोकेका भुसाललाई गाउँलेले पनि सहयोग गरेका छन ।
अर्घाखाँचीको ठाडा स्थित भाडामा लिएको बारीमा उत्पादन भएका गोपीमा सिचाई गर्दै नवलपरासीमा रहेको परिवर्तन स्मृती विग्रडका सेक्सन कमाण्डर हेमनाथ भुसाल ।
नेपाल कृषि प्रधान देश भनिएपनि पछिल्लो पटक नारामा मात्रै सीमित रहेको भन्दै कृषि क्रान्ति गर्नका लागि ठाडाको दह नजिकै ३० रोपनी खेतवारी भाडामा लिएर तरकारी खेती गरेका छन । वार्षिक ४० हजार रुपैयाँ भाडा तिर्ने सम्झौतामा ५ वर्षको लागि लिजमा लिएपछि भदौ देखी सबै खेतवारीमा व्यावसायीक मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन । बारीमा अहिले बन्दा काउली गोलभेडा साग मुला उत्पादन भएका छन । भदौ देखी तरकारी खेती शुरु गरेको हुँ भुसालले भने तीन महिनामा डेढ लाख रुपैयाँ जति कमाई भैसक्यो । पाचायतकालमा सदरमुकाम बसेको ठाडामा पहिलो पटक भुसालले व्यावसायिक तरकारी खेती शुरु गरेका छन । बारीमा आलु मुला सिमी उत्पादन हुदैछन ।
तरकारी खेतीसँगै कुखुरा बंगुर माछा र एक दर्जन जसर्ी गाई पाल्नको लागि योजना बनाउँदै छु उनले भने एक वर्ष भित्रमा राम्रो बहुआयामिक कृषि फारम नै बनाउने तयारीमा छु । गाउँका साथीहरुसँग सरसल्लाह भैरहेको छ जसर्ी गाई पालेर दुध उत्पादन केन्द्र बनाउने सोच गरेका र्छौ उनले भने कम्तिमा पनि एक सय जति जसर्ी गाई पहिलो लटमै ल्याएर पाल्नको लागि गाउँका सबै साथीहरु सहमत भएको उनले बताए । ठाडाको गाउँबाट रोजगारको लागि विदेशिएका युवाहरुलाई गाउँ फर्काएर कृषिमा लगाउने आफनो पहिलो उद्देश्य रहेको उनले बताए । ३७ वर्षीय युवा भुसाललाई बन्दुक बोकिरहन भन्दा गाउँको परिवतर्न र समाजसेवामा लाग्ने सोच छ । बन्दुक छाडेपनि माओवादीमा रहेर राजनीति गर्ने उनको भनाई छ । उनी भन्छन विदेश गएर १० १५ हजार कमाउन भन्दा २ वटा जसर्ी गाई पाले त्यो भन्दा धेरै आम्दानी गर्न सकिन्छ ।
पशु सेवा केन्द्र ठाडाका पशु चिकित्सक शोभाकर ज्ञवाली भुसालको योजनाबाट उनी खुसी छन । यस सेवा केन्द्र अन्तरगत जिल्लाको दक्षिणी क्षेत्रका ७ वटा गाविस भएपनि व्यावसायिक रुपमा कोही लागेको थिएन ज्ञवालीले भने पशु पालनको लागि सेवा केन्द्रले सक्दो सहयोग गर्नेछ ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.