
मङ्सिर २७ – कुनै बेला सञ्चार माध्यम सामु उभिँदा संकोच मान्ने अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन देशकै ठूलो टेलिभिजन च्यानलको संवाददाता हुन पुगेकी छिन्।
३१ वर्षीया चेल्सी पहिलो पल्ट अरकानासमा गरिब बालबालिकासम्बन्धी रेकर्ड गरिएको दुई मिनटको अन्तर्वार्ता लिएर एनबिसीमा देखा परेकी थिइन्।
सामान्य भान्टा रङको पोसाकमा स्टुडियोमा उपस्थित भएकी क्लिन्टनले क्यामरामा कार्यक्रम बारे बोल्नु पूर्व शान्तपूर्वक ब्रायन विलियम्ससँग कुरा गरेकी थिइन्।
एक समाचारमा क्लिन्टन जेफेरसन काउन्टीस्थित टप्स सेन्टरमा त्यसको संस्थापक एन्नेटे डोभसँग उनीहरूले सेवा पुर्याई रहेको ५ सय बालबालिका, युवा तथा वयस्कहरूबारे जानकारी लिनुकासाथै केटाकेटीका लागि मेक्सिकन कर्नब्रेड ९खाद्यपदार्थ० बनाउँदै गरेको देखिएकी थिइन्।
पूर्व प्रथम छोरीसँगै काम गर्नुको अनुभव निकै राम्रो रहेको डोभले दि टेलिग्राफलाई बताइन्।
ुउनी निकै व्यावसायिक थिइन्। पूर्ण तयारीकासाथ आएकी थिइन्। उनलाई निकै चलाख भन्न सकिन्छ,ु उनले भनिन्, ुमलाई उनीमाथि गर्व छ। मेरो विचारमा उनले उत्कृष्ट काम गरेकी छिन्। उनले हाम्रो संस्थाको नाम अझ चम्काएकी छिन्।ु
क्लिन्टनले आगामी तीन महिनाको शृङ्खलाका लागि ुमेक अ डिफरेन्सु शृङ्खलामा विशेष संवाददाताका रुपमा काम गर्नेछिन्।