क्यामरुनका फुटबल खेलाडी स्याम्युल इटोलाई क्यामरुनियन फुटबल महासंघद्धारा १५ खेलको लागि प्रतिबन्ध

क्यामरुनका फुटबल खेलाडी स्याम्युल इटोलाई क्यामरुनियन फुटबल महासंघले १५ खेलको लागि प्रतिबन्ध लगाएको छ ।

 

खेलाडीहरुले प्रतियोगितामा उपस्थिती जनाए बापत पैसा र बोनस नपाएकोमा हडताल गरेपछि कप्तान इटोलाई १५ खेलको लागि प्रतिबन्ध लगाएको हो ।

 

उपकप्तान इनोहा इयङ्गलाई २ खेलका लागि प्रतिबन्ध लगाइको छ भने अर्का खेलाडी एस्सु इकोटोलाई १ हजार ९ सय ८० डलर जरिवाना गरिएको छ । हडतालकै कारण क्यामरुनले अल्जेरियासँगको मैत्रीपूर्ण खेल रद्द गरेको थियो । प्रतिबन्धबिरुद्ध अपिल गर्न ३० बर्षिय इटोसँग अब ९ दिनको समय छ ।