फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब बार्सिलोनालाई

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । जापानको योकोहामास्थित निसान रंगशालामा युरोपियन जाइन्ट बार्सिलोनाले ब्राजिलको सान्तोषलाई ४-० ले हराएको हो ।

 

बार्सालाई जिताउन लियोनल मेसीले २ तथा जाभी हर्नान्डेज र सेस फेब्रिगासले १-१ गोल गरे । सन् २००८ मा पेप ग्वार्डियोला बार्सिलोनाको प्रशिक्षक बने यता बार्साले कुल १३ उपाधि जितेको छ । समग्रमा यो सहित बार्साले जम्मा ७३ उपाधिमा आफ्नो नाम लेखाएको छ ।

 

सोही प्रतियोगिता अन्तर्गत आजै सम्पन्न तेस्रो स्थानको खेलमा एसियन क्लब अल