२ पौष, २०६८ । पर्वत घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतको आयोजनामा पकुवा गाबिसमा संचालन गरिने ३ महिने सिलाइ कटाई तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घरेलु बिकास समिति पर्वतका वरिष्ठ उद्योग अधिकृत शिव शंकर वानियाँले एक समारोहका बिच उद्घाटन गर्नु भयो । उद्घाटन पश्चात कार्यक्रममा सहभागि सवैलाइ स्वागत गर्दै प्रमुख अतिथी बानियाँले कृषि क्षेत्रबाट बचत भई खेर गई रहेको समयलाइ सदुपयोग गर्दै आय आर्जनमा बृद्वि गराउन तालिमको आयोजना गरिएका साथै तालिम पश्चात उद्योग संचालन गर्ने उद्यमीलाई कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा मन्तब्य प्रकट गर्दै घरेलु समितिबाट संचालित तालिम पश्चात सिलाई कटाई उद्योग संचालन गर्नु भएका सफल महिला उद्यमी नममाया पुन र कुमारी पुनले तालिम शुरुको अवस्थामा प्रशिक्षार्थीका लागि असहज भएता पनि धैर्यताका साथ सीप हासिल गर्न सल्लाह दिनु भएको थियो । सो अवसरमा तालिमका प्रशिक्षक बिष्णु क्षेत्री नेकपा माओवादीका प्रेमबहादुर बिक नेकपा एमाले जिल्ला कार्य समिति सदस्य खुमप्रसाद सुवेदी प्राचार्य चुडामणी सुवेदी ले समेत सीप बिकास तालिम सहभागीको लागि जीवन सफल बनाउने आधार भएकोले अवसरको दुरुपयोग नगर्न आग्रह गर्नु भएको थियो ।
घरेलु बिकास समिति पर्वतका नायव सुब्बा ऋषिकेश अधिकारीले संचालन गर्नु भएको तालीम उद्घाटन कार्यक्रमको अध्यक्षता पकुवा गा बि स प्राविधिक सहायक बिष्णु प्रसाद पौडेले गर्नु भएको थियो । तालिममा १० जना महिलाहरुको सहभागिता रहेको छ ।