काठमाडौ । होटल अन्नपूर्णमा रहेको अन्ना क्यासिनोमा आज साँझ छापा मारी जुवा खेलिरहेका ४ नेपालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
नेपालीलाई क्यासिनो प्रवेश गराएर जुवा खेलाउनु प्रतिवन्धित भए पनि सञ्चालकले प्रवेश गराएको सूचना आएपछि प्रहरीले छापा मारेको हो।
काठमाडौं परिसरका प्रवक्त धीरजप्रताप सिंहका अनुसार छापा मार्दा जुवा खेल्दा खेल्दै भेटिएका चार नेपालीलाई पक्राउ गरिएको हो।
संसदको लेखा समितिले नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने क्यासिनोको अनुमतिपत्र रद्ध गर्न सरकारलाई निर्देशन दिए पनि सोको कार्यान्वयन भएको छैन।