
काठमाडौ, पुस ८ – पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारले तत्काल आयल निगमलाई डेढ अर्ब रुपैयाँ दिने भएको छ । सरकारले कम्तीमा तीन महिना पेट्रोलिय पदार्थको अभाव हुन नदिन आयल निगमलाई रकम दिन लागेको हो ।
प्रधानमन्त्री बाबुराम भट्टराईको सक्रियतामा शुक्रबार बसेको सरोकारबाला मन्त्री,सचिव तथा आयल निगमका पदाधिकारीहरुसंगको छलफलपछि सरकारले उक्त निर्णय लिएको हो । केही दिनयता पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ ।
अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि अर्थ मन्त्रालयबाट उक्त रकम दिन लागिएको जानकारी दिए । यसअघि नागरिक लगानी कोष र कर्मचारी संचयकोषबाट पनि निगमलाई ऋणको व्यवस्था मिलाइएको उनले बताए ।
‘अन्तर्राष्ट्रि मूल्यसंग समायोजन नहुँदा निगमलाई मासिक डेढ अर्ब घाटा छ,’अर्थमन्त्री पुनले भने-‘अहिले दिइने रकमबाट कम्तीमा एक महिना सहज आपूर्ति हुनेछ ।’
पुनका अनुसार निगमलाई रकम दिएर तथा मूल्य समायोजन गरेर सरकारल कम्तीमा तीन महिनासम्म सहज आपूर्तिको योजनामा छ । बैठकले अन्तर्राष्ट्रिय स्तरमा मूल्य समायोजन गर्ने निर्णय पनि गरेको छ । आइतबार बस्ने बैठकले मूल्य बारे निर्णय गर्नेछ ।
‘मूल्य बढाउँदा उपभोक्ताको हितलाई पनि ध्यान दिइनेछ,’पुनले भने-‘खाना पकाउने ग्यास तथा डिजलमा सुहिलयत प्रदान गरिने तयारी छ ।’ प्रधानमन्त्री भट्टराईले उपयुक्त विकल्प तयार पारेर मात्र मूल्य बढाउन निर्देशन दिएका छन् ।
डट कम