स्पेनिस फुटबल कोपा देल रे अर्थात किङ्गस कप क्वाटरफाइनलमा रियाल मड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने

स्पेनिस फुटबल कोपा देल रे अर्थात किङ्गस कपको हिजो सार्वजनिक कार्यतालिका अनुसार क्वाटरफाइनलमा रियाल मड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

तालिका अनुसार प्रिक्वाटर फाईनलमा रियाल मड्रिडले मालागालाई र बार्सिलोनाले ओसासुनालाई पराजित गरेमा यी दुई टोली अन्तिम आठमा भिड्ने छन् । गत बर्ष सम्पन्न किङ्गस कपको फाइनलमा रियाल मड्रिडले बार्सिलोनालाई १-० ले हराउँदै उपाधि चुमेको थियो ।

 

रियाल र बार्सा किङ्गस कपको क्वाटरफाइनलमा प्रवेश गरेमा यी दुई टोलीबीच पहिलो लेगको खेल जनवरी १८ तारिखमा हुनेछ । हालसम्म बार्सिलोनाले सर्वाधिक २५ पटक किङ्गस कपको उपाधि जितेको छ ।