नेवार समूदायका अगुवाहरुले राजधानीलाई नेवा स्वायत्त राज्य बनाउनुपर्नेमा जोड

राजधानीलाई नेवा राज्य बनाउनुपर्नेमा नेवार अगुवाहरुको जोड


नेवार समूदायका अगुवाहरुले राजधानीलाई नेवा स्वायत्त राज्य बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

छैठौ महाधिवेशन तयारीको सन्दर्भमा नेवा देय दबुले आज राजधानीमा गरेको कार्यक्रममा सहभागी विभिन्न दलका नेता तथा नेवार समूदायका अगुवाहरुले नेवा राज्य गठनको आवश्यक्तामाथि जोड दिएका हुन् ।

 

उनीहरुले नेवा दय दबुको तर्फबाट नेवा स्वायत्त राज्य गठनका लागि सिफारिस गर्न आग्रह गर्दै राज्य पुनर्संरचना आयोगलाई सुझाव दिने समेत वताए । कार्यक्रममा माओवादी सभासद् हिसिला यमी, एमाले सभासद् डा. मंगल्सिद्धि मान्नधर र काँग्रेस सभासद् ध्यान गोविन्द रञ्जित लगायतले आफ्नो धारणा राखेका थिए ।