स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर जारी गर्ने

स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर जारी गर्ने भएको छ । बैंकको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले एन एम बी क्यापिटल मार्फत ३० प्रतिशत शेयर सर्वसाधारणका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

व्यवसायीक लघुवित्त संस्थाबाट लघुवित्तिय सेवा बढाई गरिबी निवारणमा सहयोग पु-याउने उद्देश्यले स्थापित स्वरोजगार लघुवित्त विकास बैंकले तीन वर्षको अवधिमा उल्लेख्य प्रगती गर्न सफल भएको जनाएको छ ।