हिरोइन निशाविरुद्ध उजुरी

काठमाडौं, पुस १० तिम्रो र सुरेशको समस्या के होरु तिमीले उसको फिल्म नखेले पनि एउटा गीतमा नाच्ने र एडभान्स रकम फिर्ता गर्ने कुरा गरेकी थियौ रेरुु निर्माता संघका महासचिव केशव भट्टराईले फोन गर्दा अभिनेत्री निशा अधिकारी अचम्म परिन्।

महासचिव भट्टराईले नै निशालाई बुझाए, ुथ्री लभर्सु फिल्ममा काम नगर्ने भएपछि निशासँग रिसाएका निर्देशक सुरेशदर्पण पोखरेलले उनीविरुद्ध निर्माता संघमा उजुरी दिएको कुरा।
भनेको समयमा सुटिङ नगर्ने र आफैं उजुरी गर्ने पोखरेलको शैली निशालाई निको लागेको छैन। ुहामी कलाकारलाई समय मिलाउन साह्रै अप्ठ्यारो हुन्छ । कति दिन कुर्दा केही नहुने निर्माताले भनेको समयमा तयार नभए यस्तो सिधै उजुरीरुु निशाले प्रश्न गरिन्।

 
निशाका अनुसार ुथ्री लभर्सुको सुटिङ दशैं र तिहारको बीचमा सुरु गर्ने भनिएको थियो। ुत्यसैले मंसिरमा सुरु हुने सिमोस सुनुवारको फिल्म ुमिसन पैसा रिलोडेडु खेल्ने सम्झौता भयो। तर, बेल्जियममा सुटिङ हुने भनिएको फिल्म ुथ्री लभर्सु तिहारपछि पनि सुरु भएन,ु मंसिर १५ मा बल्ल सुटिङ थालिँदा समय दिन नसकेको निशाको भनाइ छ। ुमिसन पैसाुको स्त्र्किप्ट मन परेकोले सोही फिल्म आफ्नो रोजाइमा परेको उनले बताइन्।
अन्तिम समयसम्म पनि पोखरेलले सही तालिका नदिएपछि आफूले फिल्म नगर्ने जानकारी गराएको उनको दावी छ। पोखरेलले पैसा फिर्ता नदिएको आरोपको पनि उनले खण्डन गरिन्। ुउतिखेरै पैसा फिर्ता गर्ने खबर पठाएकी हुँ। उहाँहरुले वास्ता नै गर्नुभएन। म पनि व्यस्त भएँ,ु फिल्मको प्रिप्रोडक्सनमा क्रियटिभ निर्देशकको समेत काम गरेको दाबी गरिन् निशाले।
निर्देशक पोखरेल भने निशाको भनाइमा सहमत छैनन्। ुउनी दुवै फिल्म एकैसाथ गर्न चाहन्थिन्। मेरो फिल्मको तालिका सार्नुपर्‍यो भनिन्,ु उनले भने, ुमैले मंसिरमा सुटिङ हुन्छ भन्दा उनले मानिनन्। तीन हप्ता भइसक्यो पैसा पनि फिर्ता गरेकी छैन।ु निशाका लागि एक दिन पनि सुटिङ रोक्न नसक्ने बताउँदै उजुरी दर्ता गरेको पोखरेलले बताए।
सम्झौता अनुसार निशाले ५५ हजार रुपैयाँ एडभान्स लिएकी थिइन्। निर्माता संघका महासचिव केशव भट्टराईले उजुरी परेपछि दुवैसँग कुरा गरेर सम्झाएको बताए। ुकुनैबेला निशालाई एकमात्र योग्य अभिनेत्री मान्दै आएका सुरेशले उजुरी नै गर्नुपर्ने अवस्था चाहिँ थिएन। समझदारीमै कुरा मिलाउन सकिन्थ्यो ,ु भट्टराईले भने।